शतप्रतिशत हकप्रद सेयर ल्याउँदै चिरख्वा हाइड्रो, प्रस्ताव पारित गर्न डाक्यो एजीएम
काठमाडौं । चिरख्वा हाइड्रो पावर लिमिटेडले साधारण सभा बोलाएको छ ।
म)गलबार बसेकाे कम्पनिकाे सञ्चालक समिति बैंठकले साताैँ वार्षिक साधारण सभा पुस २३ गते बुधबार बस्ने निर्णय गरेकाे हाे।
साधारण सभामा कम्पनिकाे चुक्ता पूँजी ४० कराेड रूपैयाँकाे १ः१ काे अनुपातमा हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव अनुमाेदनका लागि पेश गर्नेछ ।
यस्तै सभाले विशेष प्रस्तावहरूमा कम्पनीको पूँजी संरचना संसोधन गर्न विशेष प्रस्ताव पारित गर्ने, कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने सम्बन्धी प्रस्ताव पारित गर्ने र प्रस्तावित संशोधनमा नियमनकारी निकायबाट कुनै फेर बदल वा सुझाव आएमा आवश्यक संशोधनका लागि संचालक समितिलाई अख्तियारी दिने, कम्पनीको ऋण भुक्तानी गर्ने, उपयुक्त आयोजनाको पहिचान गरी लगानी विकास गर्ने र हकप्रद शेयर निस्कासन गर्न आवश्यक प्रक्रियाका लागि संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव गर्नेछ ।













