रेकर्ड स्तरमा चाँदीकाे मूल्य, सुन पनि प्रतिताेला २०० रूपैयाँ बढ्याे - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

रेकर्ड स्तरमा चाँदीकाे मूल्य, सुन पनि प्रतिताेला २०० रूपैयाँ बढ्याे



काठमाडौं । बुधबार नेपाली बजारमा सुनकाे मूल्य सामान्य बढेकाे छ । मंगलबार ताेलामा १००० रुपैयाँ घटेको सुनकाे भाउ आज प्रतितोला २०० रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य प्रतितोला २ लाख ५२ हजार १०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन, यस्तो सुन प्रतितोला २ लाख ५१ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

यता आज चाँदीको मूल्य भने तोलामा १५० रूपैयाँ बढेको छ । आजको बजार चाँदी तीन हजार ७ सय ५० रुपैयाँमा खरिद बिक्री भइरहेको छ । मंगलबारको बजारमा चाँदी प्रतितोला तीन हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।


प्रतिक्रिया दिनुहोस्