२,६०६.२० बिन्दुमा नेप्से, ३ अर्ब ७३ कराेडकाे काराेबार - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

२,६०६.२० बिन्दुमा नेप्से, ३ अर्ब ७३ कराेडकाे काराेबार



काठमाडौं । बुधबार पुनः सेयर बजार आएको गिराटले निरन्तरता पाएको छ । लगातार ६ दिन घटेको सेयर बजारमा मंगलबार सामान्य सुधार देखिएको थियो भने आज पुनः ७.८६ बिन्दुले घटेर २६ सय ६ दशमलव २० बिन्दुमा झरेको छ ।

नेप्स परिसूचकसँगै आज काराेबार रकम पनि घटेकाे छ । यसदिन ३२९ कम्पनीकाे ८६ लाख ४७ हजार ९४८ कित्ता सेयर ३ अर्ब ७३ कराेड ८७ लाख ७२ हजार रूपैयाँमा काराेबार भएकाे छ ।

आज म्युच्युअल फण्ड बाहेक सबै समुहका सेयर घटेका छन् ।

कुल ८० कम्पनीकाे सेयर मूल्य बढेकाेमा आज सर्वाधिक स्वस्तिक लघुवित्त र मुक्तिनाथ कृषि कम्पनीकाे सेयर मूल्य १० प्रतशत बढेकाे छ भने एसवाइ प्यानल नेपालकाे सेयर मूल्य ९.९७ प्रतिशत बढेकाे छ ।


प्रतिक्रिया दिनुहोस्