१.६६ अंकले घट्यो नेप्से, कारोबार रकम पनि खुम्चियो - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

१.६६ अंकले घट्यो नेप्से, कारोबार रकम पनि खुम्चियो



साताको अन्तमि कारोबार दिन बिहिबार पनि सेयर बजारमा गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक आज १.६६ अंकले घटेर २६ सय ७ दशमलव ३७ बिन्दुमा रोकिएको छ ।

बुधबार पनि नेप्से परिसूचक ७.८६ बिन्दुले घटेर २६ सय ६ दशमलव २० बिन्दुमा कायम भएको थियो ।

नेप्सेसँगै यसदिन कारोबार रकम पनि घटेको छ । आज ३२६ कम्पनीको ७७ लाख ६८ हजार ६०१ कित्ता सेयर ३ अर्ब ४९ कराेड ७९ लाख ७९ हजारमा कारोबार भएको छ ।

हिजो ३२९ कम्पनीको ८६ लाख ४७ हजार ९४८ कित्ता सेयर ३ अर्ब ७३ करोड ८७ लाख ७२ हजार रूपैयाँमा कारोबार भएको थियो ।

घटेकाे बजार स्वस्तिक लघुवित्तकाे सेयर मूल्य १० प्रतिशत बढेकाे छ भने एसवाइ प्यानल नेपालकाे सेयर मूल्य ९.९८ प्रतिशत बढेकाे छ ।

आज १४९ कम्पनीकाे सेयर मूल्य घटेकाेमा ९८ वटाकाे बढेकाे छ भने ११ काे स्थिर रहेकाे छ ।


प्रतिक्रिया दिनुहोस्