७ श्रावण २०८३, बिहिबार

‘भिजिट भिसा’ प्रकरण : अध्यागमन प्रमुखसहित ७ जना विरुद्ध मुद्दा



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका तत्कालीन प्रमुख तीर्थराज भट्टराईसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले ७ महिने अनुसन्धानपछि बिहीबार विशेष अदालतमा आरोपपत्र दायर गरेको हो । भिजिट भिसाको नाममा युवाहरूबाट अवैध रकम असुल्ने आरोपमा भट्टराई र अन्य आरोपितहरूको विरुद्धमा मुद्दा दायर गरिएको हो ।

अनुसन्धानका क्रममा विमानस्थलका कर्मचारी र बिचौलियाहरूको मिलेमतोले दैनिक लाखौँ रुपैयाँ अवैध असुली भइरहेको खुलासा भएको थियो । आयोगले ८० लाख रुपैयाँको बिगो कायम गर्दै दोषीलाई कानूनी कारवाही गर्न विशेष अदालतमा आरोपपत्र पेश गरेको छ ।

आयोगका अनुसार खाडी मुलुक जान चाहने युवासँग ५० हजार र युरोपेली मुलुक जान चाहनेसँग ३ लाखसम्म असुल्ने गरेको पाइएको छ ।


प्रतिक्रिया दिनुहोस्