आईपीओ निष्काशनको प्रस्ताव सहित निभिक्स फर्मास्युटिकल्सले डाक्यो साधारण सभा - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

आईपीओ निष्काशनको प्रस्ताव सहित निभिक्स फर्मास्युटिकल्सले डाक्यो साधारण सभा



काठमाडौं । निभिक्स फर्मास्युटिकल्स लिमिटेडले आईपीओ निष्काशनको प्रस्ताव सहित साधारण सभा बाेलाएकाे छ।

कम्पनीले सर्वसाधारणहरुका लागि आईपीओ जारी गर्ने प्रस्ताव सहित आगामी पुस १८ गते साधारण सभा गर्ने भएको हाे । उक्त निर्णय कम्पनीको संचालक समितिको मंसिर २५ गते, बिहीबार बसेको बैठकले गरेको हो ।

साधारण सभा पोखरा इभेन्ट सेन्टर, पोखरामा आयोजना हुनेछ । सभामा चार वटा सामान्य तथा तीन वटा विशेष प्रस्ताव पेस गरिनेछ । आइपीओ निष्कासन सम्बन्धी बाँकी प्रक्रिया अघि बढाउन आवश्यक सम्पूर्ण अधिकार संचालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव मुख्य एजेन्डामा रहेको कम्पनीले जानकारी गराएको छ ।

कम्पनीको उत्पादन फ्याक्ट्री तनहुँमा अवस्थित रहेको छ र सार्वजनिक निष्कासनमार्फत व्यवसाय विस्तार तथा संस्थागत सुदृढतामा महत्वपूर्ण कदम अघि बढाउने तयारी रहेको छ ।


प्रतिक्रिया दिनुहोस्