एकैदिन ताेलामा २२०० रूपैयाँ बढ्याे सुनकाे भाउ, उच्च बिन्दुबाट घट्याे चाँदी - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

एकैदिन ताेलामा २२०० रूपैयाँ बढ्याे सुनकाे भाउ, उच्च बिन्दुबाट घट्याे चाँदी



काठमाडाैं । साताको पहिलो कारोबार दिन आइतबार पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ । गत शुक्रबार एकैदिन ३५०० रुपैयाँ बढेको सुनको मूल्य आज पनि तोलामा २२०० रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनकाे मूल्य प्रतिताेला २ लाख ५८ हजार ८०० रूपैयाँ निर्धारण भएकाे छ ।

अघिल्लाे दिन छापावल सुन प्रतिताेला २ लाख ५६ हजार ६०० रुपैयाँमा काराेबार भएकाे थियाे ।

यता आज चाँदीकाे मूल्य भने घटेकाे छ । गत शुक्रबार प्रतिताेला ३ हजार ९०५ रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतिताेला ३ हजार ८२५ रुपैयाँ कायम भएकाे छ ।


प्रतिक्रिया दिनुहोस्