७ श्रावण २०८३, बिहिबार

ऊर्जा क्षेत्रसम्बद्ध पत्रकारका लागि अभिमुखीकरण



काठमाडौँ । आर्थिक क्षेत्रका साथै ऊर्जा सम्बन्धी समाचार लेखनमा सक्रीय सञ्चारकर्मीहरूका लागि काठमाडौमा दुईदिने क्षमता अभिवृद्धि तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता कार्यक्रमले नेपालमा दिगो ऊर्जा मार्फत पुन:प्राप्ति एवम् सशक्तीकरण कार्यक्रमद्वारा आयोजना गरिएको कार्यक्रममा ऊर्जा विकासको क्षेत्रमा लामो समयदेखि कार्यरत विज्ञहरूको साथै ऊर्जा विकास र पुँजीबजार, जलवायु परिवर्तन र ऊर्जा विकास, ऊर्जा विकासमा बैंकिङ्ग क्षेत्रको लगानी, चुनौती, नीति र ऊर्जा क्षेत्रका बारेमा कानुनी अवस्थाका विविध विषयमा कार्यपत्र प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा विज्ञहरू डा. रामप्रसाद धिताल, ऊर्जा मन्त्रालयका पूर्वसचिव दिनेशकुमार घिमिरे, कुशल गुरुङ, दिनेश दुलाल, मुरारी पराजुली, नारायणप्रसाद चौलागाई, नवराज ढकाल, सेमन्त दाहाल, शेरसिंह भाट र सूर्यप्रसाद अधिकारीहरूले आआफ्‌नो क्षेत्रको विषय विज्ञको रूपमा कार्यक्रम प्रस्तुत गरेका थिए ।

कार्यक्रममा जलस्रोत, जलविद्युत् समेतका स्वच्छ ऊर्जा, कार्बन ब्यापार, नेपालमा लगानीको वातावरण र कानूनी पाटाहरुका बारेमा पत्रकारहरुलाई अभिमुखिकरण गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस्