लाभांश प्रस्ताव पारित गर्न नेपाल लाइफले बोलायो साधारण सभा - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

लाभांश प्रस्ताव पारित गर्न नेपाल लाइफले बोलायो साधारण सभा



काठमाडाैं । नेपाल लाइफ इन्स्याेरेन्स कम्पनीले लाभांश प्रस्ताव पारित गर्ने प्रस्तावसहित साधारण सभा बाेलाएकाे छ ।

कम्पनी सञ्चालक समितिको ४०५औं बैठकले पुस १९ गते पर्सामा २६औं वार्षिक साधारण सभा बाेलाएकाे हाे । उक्त सभा होटल भिष्वा, वीरगञ्ज, पर्सामा बिहान ९ बजेदेखि सुरू हुनेछ ।

सभाले आ.व. २०८१/८२ को लागि संचालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम रहेको चुक्ता पूँजीको १६.०५ प्रतिशत (नगद लाभांश तथा बोनस शेयरको कर सहित) नगद लाभांश वितरण गर्न स्वीकृत गर्नेछ ।

कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आ.व. २०८२ / ८३ को लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने तथा संस्थापक शेयरधनीहरूको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने ३ जना संचालकहरूको निर्वाचन गर्नेछ ।

यस्तै विशेष पस्ताव अन्तर्गत संचालक समितिले प्रस्ताव गरे बमोजिम कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा उद्देश्य लगायत अन्य आवश्यक समयानुकूल संशोधन गर्ने र कम्पनीको प्रवन्धपत्र तथा नियमावलीको प्रस्तावित संशोधन उपर नियमनकारी निकाय वा कार्यालयबाट प्राप्त हुने निर्देशन बमोजिम प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन परिमार्जन गर्नु परेमा सोको लागि संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ ।


प्रतिक्रिया दिनुहोस्