लिबर्टी माइक्रोकाे व्यतित बीमालेख नविकरणमा १०० प्रतिशत छुट पाउने आज अन्तिम दिन - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

लिबर्टी माइक्रोकाे व्यतित बीमालेख नविकरणमा १०० प्रतिशत छुट पाउने आज अन्तिम दिन



काठमाडौं । लिबर्टी माइक्रो लाईफ इन्स्योरेन्सले व्यतित बीमालेख नवीकरण र पुनर्जागरण गर्दा विलम्ब शुल्क (ब्याज÷जरिवाना) मा १०० प्रतिशतसम्म छुट दिँदै आएको छ।

इन्स्योरेन्सले गत भदौ १५ गतेदेखि दिँदै आएको यो सुविधा मंसिर मसान्तसम्म मात्र लागु हुनेछ, अर्थात बीमालेख नवीकरण गर्न दिइएको यो सुविधाको आज अन्तिम दिन रहेको छ ।

यो सीमित समयको अवसर भएकोले ढिला नगरी, मौकाको फाईदा उठाउन कम्पनीले सम्पूर्ण ग्राहक, अभिकर्ता तथा अन्य सरोकारवाला सबैमा अनुरोध गरेको छ । आफ्नो बीमालेख नवीकरण गर्नु र सुरक्षित रहनु सबैको जिम्मेवारी रहेको समेत कम्पनीले उल्लेख गरेकाे छ ।


प्रतिक्रिया दिनुहोस्