हकप्रद शेयर निष्काशन गर्दै दोर्दी खोला, पुस २१ गते बाेलायाे साधारण सभा - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

हकप्रद शेयर निष्काशन गर्दै दोर्दी खोला, पुस २१ गते बाेलायाे साधारण सभा



काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनीले पुस २१ गते सोमबार साधारण सभा बाेलाएकाे छ ।

कम्पनीको मंसिर २८ गते आइतबार दिउँसोको बसेको संचालक समितिको बैठकले सभा पुस २१ गते बिहान ८ बजे बाेलाउने निर्णय गरेकाे हाे ।

सभाले संचालक समितिको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखा परिक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०८१/८२ को वासलात, नाफा नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण छलफल गरी पारित गर्नेछ ।

सभाले आर्थिक वर्ष २०८१/८२ को लागि लेखा परिक्षकको नियुक्ति तथा निजको पारिश्रमिक अनुमोदन गर्ने, हकप्रद शेयर निष्काशन गर्ने, अधिकृत पूँजी र जारी पूँजी सहित कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभाले नियमक निकायहरुको निर्देशनमा प्रबन्धपत्र तथा नियमावलीका प्रस्तावित संशोधनहरुमा परिमार्जन तथा थपघट गर्न आवश्यक भएमा सो गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतका विविध प्रस्ताव पारित गर्नेछ ।


प्रतिक्रिया दिनुहोस्