सोमबार सेयर बजारमा सामान्य सुधार, नेप्से ६ अंकले बढ्दा करिव साढे ३ अर्बको कारोबार - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

सोमबार सेयर बजारमा सामान्य सुधार, नेप्से ६ अंकले बढ्दा करिव साढे ३ अर्बको कारोबार



काठमाडाैं । लगातार ३ काराेबार दिनपछि साेमबार सेयर बजारमा सामान्य सुधार देखिएकाे छ । आज सेयर बजार मापक नेप्से परिसूचक ६.७४ अंकले बढेर २६ सय ०१ दशमलव ६१ बिन्दुमा रोकिएको छ ।

नेप्से परिसूच बढे पनि आज काराेबार रकम भने घटेकाे छ । आज ३२९ कम्पनीको ७७ लाख ५७ हजार ६२५ कित्ता सेयर ३ अर्ब ४४ कराेड १९ लाख ३ हजारमा कारोबार भएको छ ।

आज १५५ कम्पनीकाे सेयर मूल्य बढेकाे छ भने ९४ कम्पनीकाे घटेकाे छ । यस्तै १० कम्पनीकाे सेयर मूल्य स्थिर रहेकाे छ । यसदिन स्वस्तिक लघुवित्त र एसवाई प्यानल नेपालकाे सेयर मूल्यमा सकारात्मक सर्किट लागेकाे छ ।

आज हाेटल तथा पर्यटन, लगानी, माइक्राेफाइनान्स, म्युच्युअल फण्ड र अन्य समुहकाे सेयर घटेकाेमा बाँकी सबै समुहकाे सेयर बढेकाे छ।


प्रतिक्रिया दिनुहोस्