७ श्रावण २०८३, बिहिबार

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको २ लाख १८ हजार कित्ता संस्थापक शेयर बिक्रमा



काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको संस्थापक शेयर धनीको नाममा रहेको लाख १८ हजार १५४ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीका ८ जना संस्थापक शेयर धनीले शेयर बिक्रीमा राखेका हुन् ।

उक्त शेयरमा हाल कायम रहेको संस्थापक शेयर धनीले मात्र खरिद गर्ने पाउने छन् । इच्छुक खरिद गर्ने संस्थापक अन्य शेयर धनीले ३५ दिन भित्र आवेदन दिनुपर्ने छ । ३५ दिन भित्र आवेदन नपरेको खण्डमा जो कोही व्यक्ति तथा संस्थालाई उक्त शेयर बिक्रीका लागि खुल्ला गरिने बैंकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्