७ श्रावण २०८३, बिहिबार

सानिमा रिलायन्स लाइफले १०.१७ प्रतिशत लाभांश दिने 



काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०८१–८२ को वितरणयोग्य नाफाबाट शेयरधनीलाई लाभांश दिने भएको छ । 

कम्पनी सचिव प्रिती श्रेष्ठका अनुसार कम्पनीको सोमबार दिउसो ३ बजे बसेको ५४औँ सञ्चालक समितिको बैठकले लाभांश दिने निर्णय गरेको हो । सचिव श्रेष्ठका अनुसार कम्पनीले १०.१७८० प्रतिशत नगद लाभांश दिने भएको हो । 

उक्त लाभांश नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणबाट स्वीकृति भएपछि आगामी वार्षिक साधारण सभाले पास गरेपछि वितरण गरिने कम्पनीले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस्