छिमेक लघुवित्तले घाेषणा गर्‍याे २५ प्रतिशत लाभांश - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

छिमेक लघुवित्तले घाेषणा गर्‍याे २५ प्रतिशत लाभांश



काठमाडाैं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ। लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २५ प्रतिशत लाभांश दिने घाेषणा गरेकाे हाे ।

मंसिर २९ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले २५ प्रतिशतका दरले हुन आउने ८० कराेड ३८ लाख ३६ हजार ४६७ रूपैयाँ लाभांश वितरण गर्ने घोषणा गरेको हो।

सोमध्ये ४० कराेड १९ लाख १८ हजार २३३.५० (१२.५ प्रतिशत) बोनस शेयर रहेको छ भने सोको कर प्रयोजनार्थसहित ४० कराेड १९ लाख १८ हजार २३३.५० (१२.५० प्रतिशत) नगद लाभांश रहेको छ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेश्चिात सो दरमा लाभांश वितरण गरिनेछ।


प्रतिक्रिया दिनुहोस्