पिपुल्स हाइड्रोपावरले हकप्रद शेयर निष्कासन गर्ने  - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

पिपुल्स हाइड्रोपावरले हकप्रद शेयर निष्कासन गर्ने 



काठमाडौं । पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले १:१ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्न लागेको हो । 

कम्पनीले उक्त शेयर बिक्री गरेर आएको रकमले ५० प्रतिशत पैसा बैंकको ऋण तिर्ने र ५० प्रतिशतले अर्को आयोजना निर्माणमा खर्च गर्ने भएको छ । 

हकप्रद सम्बन्धी प्रस्ताव पुस २३ गते हुने साधारण सभामा पेस गर्ने कम्पनीले जाएको छ । कम्पनीले साधारण सभा र हकप्रद शेयर सुरक्षित गर्नका लागि पुस ११ गते एक दिनका लागि बुक क्लोजको मिति तय गरेको छ । पुस १० गतेसम्म कायम रहेका शेयर धनीले मात्र कम्पनीको हकप्रद शेयरमा भाग लिन पाउने छन् । 

कम्पनीको साधारण सभा क्वालिटि बैंकेट, बुद्धनगर काठमाडौंमा बिहान ११ बजे देखी सुरु हुने छ । कम्पनीले लाभांश सम्बन्धी कुनै पनि प्रस्ताव गरेको छैन । 


प्रतिक्रिया दिनुहोस्