७ श्रावण २०८३, बिहिबार

श्रीनगर एग्रीटेक इन्डष्ट्रिजको साधारण सभा पुस २४ गते 



काठमाडौं । श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडको वार्षिक साधारण सभा तय गरेको छ । कम्पनीले पुस २४ गते आफ्नो तेस्रो वार्षिक साधारण सभा गर्ने भएको छ । 

कम्पनीले रुपन्देहीको बुटवलमा रहेको क्लब डे नोभो प्रालिको सभाकक्षमा बिहान ११ बजे देखी सभा गर्ने भएको हो । 

कम्पनीले लाभांश सम्बन्धी कुनै पनि व्यवस्था गरेको छैन । विशेष प्रस्तावमा कम्पनी ऐन, २०६३ को दफा ९३ अन्तर्गत भएको कारोबारको अनुमोदन तथा स्वीकृति लिने रहेको छ । 

सामान्य एजेन्डामा आ.व.२०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखा परीक्षकको प्रतिवेदन पारित गर्ने, लेखापरिक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा रहेको छ । 


प्रतिक्रिया दिनुहोस्