आरबीबी मर्चेन्ट बैंकिङ्गद्धारा लगानीकर्ता शिक्षा तथा सचेतना कार्यक्रम आयोजना
काठमाडौं । धितोपत्र बजार तथा वस्तु विनिमय बजार सम्वन्धी देशव्यापीरुपमा शिक्षा तथा सचेतना अभिबृद्धि गरी लगानीकर्ता सशक्तिकरण गर्ने उद्देश्यले नेपाल धितोपत्र बोर्डले वित्तीय शिक्षा अभिबृद्धि गर्ने हेतुले विश्व लगानीकर्ता सप्ताह–२०२५ मंसिर २५ गते देखि पौष २ गते सम्म देशभरी विभिन्न कार्यक्रम आयोजना गरी मनाईदैछ ।
यही अवसरमा आरबीबी मर्चेन्ट बैंकिङ्ग लिमिटेडले २०८२ साल पौष १ गते लिङ्कन कलेज, शामाखुसी, काठमाडौंमा स्नातक तहमा अध्यनरत विद्यार्थीहरु तथा प्राध्यापकहरुको लागि वित्तीय शिक्षा अभिबृद्धिको लागि सचेतनामूलक कार्यक्रम आयोजना गरि सफलतापूर्वक सम्पन्न गरेको ।
उक्त सचेतनामूलक कार्यक्रममा कलेजका प्राध्यापक लगायत अध्यनरत विद्यार्थीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
आरबीबी मर्चेन्ट बैंकिङ्ग लिमिटेडको तर्फबाट कम्पनीको प्रमुख कार्यकारी अधिकृत बद्रि प्रसाद प्याकुरेल, बरिष्ठ प्रबन्धक अजय घिमिरे र बरिष्ठ अधिकृत राम नारायण तिवारीले कार्यक्रम संचालन गरेका थिए ।
साथै, छलफलमा उठेका प्रश्नहरुको जवाफ अजय घिमिरे तथा राम नारायण तिवारीले दिनुभएको थियो । विश्व लगानीकर्ता सप्ताहको अवसरमा आयोजित यस कार्यक्रमले पूँजीबजार सम्बन्धी शिक्षा तथा सचेतना अभिबृद्धि गर्नेछ ।
सहभागीहरुले शेयर लगानी सम्बन्धि ज्ञान हासिल गरि लाभान्वित भएका भन्ने विश्वास गरिएको छ । आरविवि मर्चेन्ट बैकिङ्ग लिमिटेड राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको शत प्रतीशत लगानीमा स्थापित संस्था हो ।













