स्वावलम्बन लघुवित्तको कमलविनायक शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि. शाखा कार्यालय कमलविनायक, भक्तपुरको आयोजनामा एक दिने वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भयो ।
वित्तीय संस्थामा आबद्ध सदस्य, अभिभावक तथा स्थानीय सरोकारवालाहरुलाई वित्तीय कारोबार, बचत तथा उद्यमशीलताका विषयमा जानकारी दिने उद्देश्यले मंसिर २९ गते उक्त कार्यक्रम आयोजना गरिएको थियो ।
केन्द्र नं ४३ की केन्द्र प्रमुख चम्पा आलेमगरको अध्यक्षतामा सञ्चालित उक्त कार्यक्रममा स्वावलम्बन लघुवित्तका सञ्चालक समितिका सदस्य रबिन कुमार श्रेष्ठ तथा प्रा.डा. कुशुम शाक्यको विशिष्ट आतिथ्यता रहेको थियो । त्यसैगरी, अतिथिहरूमा भक्तपुर नगरपालिका वडा नं. १० का वडा सदस्य कृष्ण नारायण डुमरु र हंसवाहिनी आधारभूत विद्यालयका प्रधानाध्यापक सुर्य नारायण फोजुको उपस्थिति रहेको थियो ।
कमलविनायकका कार्यालय प्रमुख सुनिता काफ्लेले उपस्थित सम्पूर्णलाई स्वागत गरेका थिए । संचालक प्रा.डा.शाक्यले नगद विहीन अर्थिक कारोवार वृद्धि हुदै गएकोले सो को सदुपयोग र सुरक्षित कारोवार तर्फ ध्यान दिनुपर्नेमा जोड दिए । सञ्चालक रबिन कुमार श्रेष्ठले उद्यमशीलता विकास आजको आवश्यकता भएको बताए ।
कार्यक्रममा संस्थाको केन्द्रीय कार्यालय, कमलपोखरी काठमाडौंका प्रबन्धक सुमन श्रेष्ठले स्वावलम्बन लघुवित्तको परिचय, यसले प्रदान गर्ने सेवा सुविधाहरू र हालको अवस्थाबारे जानकारी गराएका थिए ।
















