नेप्सेमा हाथवे इन्भेष्टमेन्ट, एशियन र प्रभु इन्स्योरेन्सको बोनस शेयर सूचिकृत
काठमाडौं । नेपाल स्टक एक्चेञ्ज (नेप्से)मा हाथवे इन्भेष्टमेन्ट कम्पनी, एशियन लाइफ इन्स्योरेन्स र प्रभु इन्स्योरेन्सको बोनस शेयर सूचिकृत भएको छ ।
हाथवे इन्भेष्टमेन्टको १२ प्रतिशत बोनश शेयर वापत ३३ लाख ९७ हजार ६८० कित्ता शेयर, प्रभु इन्स्योरेन्सको १८ प्रतिशत बोनश वापत २५ लाख ९४ हजार ६७८ दशमलव ५२ कित्ता शेयर र एशियन लाइफको ५ दशमलव १ प्रतिशत बोनश वापत १७ लाख ३३ हजार ९१६ दशमलव ५२ कित्ता शेयर सूचिकृत भएको हो ।
सूचिकृत भएको यी ३ कम्पनीको शेयर बुधबारबाट दोस्रो बजारमा कारोबारमा आउनेछ ।













