नेसनल लघुवित्त घोषणा गर्‍यो १५ प्रतिशत लाभांश - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

नेसनल लघुवित्त घोषणा गर्‍यो १५ प्रतिशत लाभांश



काठमाडाैं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ। लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १५ प्रतिशत लाभांश वितरण गर्ने घमेषणा गरेकाे हाे ।

पुस १ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतले हुन आउने १९ करोड ९७ लाख ४१ हजार २७८.९४ रुपैयाँबराबरको लाभांश वितरण गर्ने निर्णय गरेको हाे।

जसमा १४.२५ प्रतिशतले हुन आउने १८ करोड ९७ लाख ५४ हजार २१४.९९ रुपैयाँबराबरको बोनस शेयर र ०.७५ प्रतिशतले हुन आउने ९९ लाख ८७ हजार ६३.९५ रुपैयाँबराबरको नगद लाभांश (कर प्रयोजनार्थ) रहेकाे छ ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।


प्रतिक्रिया दिनुहोस्