७ श्रावण २०८३, बिहिबार

नबिल बैंकको ५ अर्बको अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँड



काठमाडौं । नबिल बैंक लिमिटेडले जारी गरेको ५ अर्ब रूपैयाँ बराबरको अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँड भएको छ ।

बैंकले ५ अर्ब रूपैयाँ बराबरको १ सय रुपैयाँ अंकित दरका ५ करोड कित्ता नबिल ८% अविमोच्य असञ्चिति अग्राधिकार शेयर पुस १ गते बाँडफाँड गरेको हाे।

सेयर परिपत्र विधिबाट संस्थागत लगानीकर्ताहरुका लागि मात्र निष्काशन गरिएकाे सेयर बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड मार्फत अन्तिम बाँडफाँड गरिएको हो ।

नेपाल स्टक एक्सचेञ्जमा लिमिटेडमा सुचीकृत भएपश्चात् “नबिल ८% अविमोच्य असञ्चिति अग्राधिकार शेयरको कारोबार संस्थागत लगानीकर्तामा मात्र सिमित हुनेछ ।


प्रतिक्रिया दिनुहोस्