७ श्रावण २०८३, बिहिबार

कोकाकोलाको २ कम्पनीले बोलाए साधारण सभा, छैन लाभांश



काठमाडौँ । कोकाकोलाका दुई कम्पनीले वार्षिक साधारण सभा बोलाएका छन् । बोटलर्स नेपाल(बालाजु) र बोटलर्स नेपाल (तराई)को मंसिर १० गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा बोलाएका हुन् । 

बालाजु र तराईले पुस २३ गते काठमाडौँको दरबारमार्गमा रहेको होटल याक एण्ड यतिमा सभा गर्ने भएका छन् । तराईको सभा बिहान ११:३० बाट हुने छ भने बालाजुको दिउँसो ३ बजेदेखि सुरु हुने कम्पनीले जनाएको छ । 

सभामा गत आवको वार्षिक प्रतिवेदनसहित गत आवको वित्तीय विवरणहरू पारित गरिनेछ ।

कम्पनीले पुस ११ गते बुक क्लोज गर्ने भएको छ । पुस १० गतेसम्म कायम रहेका शेयर धनीले मात्र बोर्टलसको साधारण सभामा भाग लिन पाउने छन् । 


प्रतिक्रिया दिनुहोस्