लगातार तेस्राे दिन पनि बढ्याे नेप्से, काराेबारमा पनि सुधार
काठमाडौं । बुधबार पनि सेयर बजार मापक नेप्से परिसूचक सामान्य बढेर बन्द भएको छ । शेयर बजार परिसूचक नेप्से आज ५ दशमलव ७० अङ्कले बढेर २ हजार ६ सय २५ दशमलव ७० विन्दुमा रोकिएको छ ।
नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ । आज ३३२ कम्पनीको ८५ लाख ९८ हजार ४२४ कित्ता सेयर ४ अर्ब ५ करोडमा कारोबार भएको छ ।
हिजो ३२५ कम्पनीको ७७ लाख ९६ हजार ५५२ कित्ता सेयर ३ अर्ब २९ करोड ४२ लाख २७ हजारमा कारोबार भएको थियो ।
आज हाेटल तथा पर्यटन, निर्जीवन बीमा र व्यापार समुहकाे सेयर घटेकाे छ भने बाँकी सबै समुहकाे सेयरू बढेकाे छ। यसदिन फाइनान्स समुह सर्वाधिक १.७५ प्रतिशतले बढेकाे छ ।
आज १४३ कम्पनीकाे सेयर मूल्य बढेकाे छ भने १०४ वटाकाे घटेकाे छ। यस्तै ११ कम्पनीकाे स्थिर रहेकाे छ । यसदिन स्वस्तिक लघुवित्त र एसवाई प्यानल नेपालको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
















