नेशनल लाइफ इन्स्योरेन्सले १३ प्रतिशत लाभांश दिने
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड गत आर्थिक वर्ष २०८१–८२ को वितरणयोग्य नाफाबाट शेयर धनीलाई लाभांश दिने भएको छ । कम्पनीको बुधवार बसेको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको १३.१५ ७८९४७४ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।
कम्पनीका सचिव शर्मिला श्रेष्ठका अनुसार चुक्ता पुँजीको ८.५ प्रतिशत नगद लाभांश र ४ प्रतिशत बोनस शेयर दिने निर्णय सञ्चालक समितिको बैठकले गरेको छ । उक्त लाभांश र बोनस शेयरमा लग्ने करका लागि कम्पनीले चुक्ता पुँजीको ०.६५७८९४७४ प्रतिशतका छुट्टै नगद लाभांश दिने भएको छ ।
कम्पनीले उक्त लाभांश बीमा प्राधिकरणबाट स्वीकृति भएपछि आगामी बस्ने साधारण सभाले पास गरेपछि वितरण गर्ने छ ।
हाल कम्पनीको चुक्ता पुँजी ५ अर्ब ४७ करोड २७ लाख ३९ हजार रुपैयाँ बराबरको छ ।













