प्रभु महालक्ष्मी लाइफले घाेषणा गर्‍यो ८.४२ पतिशत लाभांश - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

प्रभु महालक्ष्मी लाइफले घाेषणा गर्‍यो ८.४२ पतिशत लाभांश



काठमाडाैं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले लाभांश घोषणा गरेको छ।

पुस २ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ८.४२१ प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरेकाे हाे ।

इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ८.४२१ प्रतिशतका दरले ४ प्रतिशत बोनस शेयर र ४.४२१ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्नेछ।

नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिनेछ।


प्रतिक्रिया दिनुहोस्