शेयरधनीलाई १६ कराेड भन्दा बढी नगद लाभांश बाड्ने नेपाल इन्स्योरेन्सकाे घाेषणा - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

शेयरधनीलाई १६ कराेड भन्दा बढी नगद लाभांश बाड्ने नेपाल इन्स्योरेन्सकाे घाेषणा



काठमाडाैं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले नगद लाभांश घोषणा गरेको छ।

पुस ३ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ६.३१५८ प्रतिशत नगद लाभांश दिने घाेषणा गरेकाे हाे ।

इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ६.३१५८ प्रतिशतका दरले हुन आउने १६ कराेड ९ लाख ६२ हजार ६३१.८७ रूपैयाँ नगद लाभांश (कर सहित) वितरण गर्ने घोषणा गरेको हो।

नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिनेछ।


प्रतिक्रिया दिनुहोस्