सेन्ट्रल फाइनान्सका सेयरधनीहरूकाे हात खाली, लाभांश वितरण नगर्ने
काठमाडौं । यस वर्ष सेन्ट्रल फाइनान्स लिमिटेडका सेयरधनीहरूकाे हात खालि भएकाे छ । गत आर्थिक वर्षको मुनाफबाट कम्पनीले सेयरधनीहरूलाई कुनै लाभांश नदिने भएकाे हाे ।
कम्पनीको हिजो पुस २ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
सोही बैठकले गत आर्थिक वर्षको लेखापरीक्षण भएर प्राप्त भएको वित्तीय विवरण अनुसार कुनै पनि लाभांश वितरण नगरी वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने निर्णय गरेको हो।













