आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले ५ प्रतिशत लाभांश दिने  - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले ५ प्रतिशत लाभांश दिने 



काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले शेयर धनीलाई गत आर्थिक वर्ष २०८१–८२ को वितरणयोग्य नाफाबाट शेयर धनीलाई लाभांश दिने भएको छ ।

कम्पनीले आफ्नो चुक्ता पुँजीको ५ प्रतिशत कर समेत गरेर नगद लाभांश दिने भएको कम्पनीका सचिव उमा जोशीले जानकारी दिइन् । जोशीका अनुसार कम्पनीको बुधवार अपराह्न ३:३० बजे बसेको ४१औँ सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो । 

लाभांश पारित सहितको एजेन्डा लिएर कम्पनीले साधारण सभा समेत बोलाएको छ । कम्पनीले आफ्नो २८औँ वार्षिक साधारण सभा पुस २४ गते बिहीबार काठमाडौंको नक्सालमा रहेको आम्रपालि बैंकेटमा बिहान ११ बजे देखी गर्ने भएको छ । 

हाल कम्पनीको चुक्ता पुँजी ३ अर्ब २ करोड ९३ लाख ३४ हजार रुपैयाँ बराबरको रहेको छ । 


प्रतिक्रिया दिनुहोस्