सानिमा रिलायन्स लाइफको लाभांश सुरक्षि गर्ने अन्तिम दिन पुस १० गते
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो वार्षिक साधारण सभा गर्ने भएको छ ।
कम्पनीको बुधवार सबेको सञ्चालक समितिको ५५ औँ बैठकले आर्थिक वर्ष २०८१–८२ को नवौँ वार्षिक साधारण सभा गर्ने निर्णय गरेको कम्पनी सचिव प्रिती श्रेष्ठले जनकारी दिइन् ।
श्रेष्ठका अनुसार कम्पनीले आफ्नो सभा पुस २४ गते काठमाडौंको बाँसबारीमा रहेको शुभ इभेन्ट्समा बिहान ११ बजे देखी गर्ने भएको छ ।
कम्पनीले आफ्नो चुक्ता पुँजीको १०.१७८० प्रतिशत कर सहित नगद लाभांश दिने निर्णय गरेको छ । सभा र लाभांश प्रयोजनका लागि कम्पनीले पुस ११ गते एक दिनका लागि बुक क्लोसको मिति तय गरेको छ । पुस १० गतेसम्म कायम हरेका शेयर धनीले मात्र कम्पनीले वितरण गर्ने लाभांश पाउने छन् ।
हाल कम्पनीको चुक्ता पुँजी ५ अर्ब १ करोड ४९ लाख २४ हजार रुपैयाँ बराबरको रहेको छ । जसमा कम्पनीले ५१ करोड ४ लाख १८ हजार रुपैयाँ बराबरको लाभांश वितरण गर्ने छ ।













