निफ्राको साधारण सभाले पारित गर्यो लाभांश  - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

निफ्राको साधारण सभाले पारित गर्यो लाभांश 



काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)को साधारण सभा सम्पन्न भएको छ । कम्पनीका सचिव इश्वर बन्धु गौतमका अनुसार निफ्राको सभा गत पुस २३ गते काठमाडौंको बत्तिसपुतलीमा रहेको अनुपम फुडल्याण्ड एण्ड ब्याङ्क्वेटमा सभा सम्पन्न भएको हो । 

सभाले लाभांश पारित गरेको छ । कम्पनीले प्रस्ताव गरेको चुक्ता पुँजीको ६.३१५८५ प्रतिशत लाभांश पारित गरेको हो । 

कम्पनीको चुक्ता पुँजी २१ अर्ब ६० करोड रुपैयाँ बराबरको हरेको छ जसमा १ अर्ब २६ करोड ४२ लाख १३ हजार रुपैयाँ बराबरको बोनस पारित भएको हो । 


प्रतिक्रिया दिनुहोस्