हकप्रद शेयर निष्काशन गर्ने सयपत्री हाइड्रोपावरले तोक्यो बुक क्लोज मिति
काठमाडौं । सयपत्री हाइड्रोपावर लिमिटेडले वार्षिक साधारण सभा र बुक क्लोजको मिति तोकेको छ । कम्पनीका सचिव दिपक पाठकका अनुसार कम्पनीले पुस २५ गते शुक्रवार काठमाडौंको कुमारीगालमा हरेको ज्योति बैंक्वेट ए(ड म्यानेजमेन्टमा बिहान ८ बजेदेखी सभा गर्ने भएको छ ।
सभाको विषष एजेन्डा हकप्रद शेयर निष्काशन गर्ने रहेको छ । कम्पनीले चुक्ता पुँजीको १:०.७४ को अनुपातमा शेयर निष्काशन गर्ने अनुमति पाइसेको छ । कम्पनीले २२ करोड २५ लाख ५८ हजार रुपैयाँ बराबरको हकप्रद शेयर निष्काशन गर्ने भएको छ ।
त्यसका लागी कम्पनीले पुस १२ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको छ । पुस ११ गतेसम्म कायम हरेका शेयर धनीले मात्र कम्पनीको हकप्रद शेयरमा आवेदन दिन पाउने छन् ।
















