७ श्रावण २०८३, बिहिबार

रिलायन्स स्पीनिङ मिल्स उपर छानबिन गरी कारबाही गर्न सेबोनलाई अर्थ मन्त्रालयको निर्देशन  



काठमाडौं । रिलायन्स स्पीनिङ मिल्सले सर्वसाधारणका लागि बिक्री खुल्ला गरेको साधारण शेयर (आइपीओ)को विषयमा छानबिन गर्ने अर्थ मन्त्रालयले नेपाल धितोपत्र बोर्डलाई पत्र लेखेको छ ।

मन्त्रालयले रिलायन्सको शेयर बुक बिल्डिङ्ग प्रक्रियाबाट निष्काशन गर्ने सम्बन्धमा भएका काम कारबाही वा त्यहाँका अन्य विषयहरूमा मन्त्रालयको ध्यानाकर्षण भएको पत्रमा उल्लेख छ । पत्रमा विभिन्न सञ्चार माध्यममा प्रकाशित समाचारलाई उपर पनि मन्त्रालयको ध्यान गएको बताइएको छ । 

उजुरी समेत मन्त्रालयमा परेको बोर्डलाई पठाएको पत्रमा उल्लेख गरिएको छ । ‘संलग्न उजुरी समेतमा उठाएका विषयहरू सम्बन्धमा छानबिन गरी आवश्यक कारबाही गर्नुहुन र सो जानकारी मन्त्रालयमा पठाउनु….’ मन्त्रालयले बोर्डमा पठाएको पत्रमा भनिएको छ । 

उक्त पत्र राजश्व सचिव स्तरको निर्णय अनुसार भएको हो । पत्रमा मन्त्रालयका शाखा अधिकृत नरेन्द्र कुमार कार्कीले काटेका छन् । 


प्रतिक्रिया दिनुहोस्