सगरमाथा लुम्बिनीले घाेषणा गर्यो १५ प्रतिशत नगद लाभांश
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ।
कम्पनी सञ्चालक समितिको बिहीबार बसेको बैठकले गत आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्तपुँजी २ अर्ब ६२ करोड २६ लाख ३८ हजार २०० रुपैयाँको कुल १५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको हो।
जसअनुसार कम्पनीले नगद लाभांशबापत ३९ करोड ३९ लाख ५७ हजार ७३० रुपैयाँ वितरण गर्नेछ।
प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने बैंकले जनाएको छ।













