बुटवल पावरले ६ प्रतिशतको लाभांश वितरण घोषणा
काठमाडौं । बुटवल पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०८१–८२ को वितरणयोग्य मुनाफाबाट शेयर धनीलाई लाभांश दिने भएको छ ।
कम्पनीले चुक्ता पुँजीको ६ प्रतिशत नगद लाभांश दिने भएको कम्पनी सचिव हरि बहादुर बुढाथोकीले जानकारी दिएका छन् ।
कम्पनीले बिहीबार बसेको सञ्चालक समितिको बैठकले ३३औँ वार्षिक साधारण सभा र लाभांश वितरण गर्ने निर्णय गरेको हो । कम्पनीले सभा पुस २८ गते काठमाडौंको बबरमहलमा भएको कार्की ब्याङक्वेटमा गर्ने भएको छ ।













