सोबोनको सदस्यमा शपथसँगै भण्डारीलाई रिलायन्स आइपीओ छानबिनको जिम्मा  - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

सोबोनको सदस्यमा शपथसँगै भण्डारीलाई रिलायन्स आइपीओ छानबिनको जिम्मा 



काठमाडौं । नेपाल धितोपत्र बोर्डको बोर्डका नयाँ सदस्य पिताम्बर भण्डारीले शपथ ग्रहण गरेका छन् । उनलाई बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठज्यूले शुक्रवार स्वागत तथा शपथ ग्रहण गराएका हुन् । 

पिताम्बर भण्डारीलाई अन्य बोर्ड सदस्यज्यूहरूले समेत स्वागत तथा शुभकामना व्यक्त गरेका छन् । 

धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ३(२)(छ) मा नेपाल धितोपत्र बोर्डको सदस्यमा तोकिएको योग्यता पुरा भएका विज्ञहरू मध्येबाट नेपाल सरकारबाट बोर्ड सदस्य मनोनीत गर्ने व्यवस्था रहेको छ । सोही व्यवस्था अन्तरगत बोर्डको सदस्यमा भण्डारी नियुक्त भएका हुन् । 

बोर्डमा आउन साथ भण्डारीलाई रिलायन्स स्पीनिङ मिल्सको शेयर बुक विल्डिङ्ग प्रक्रियाबाट निस्काशन गरेको साधारण शेयर (आइपीओ)को विषयमा छानबिन समिति सदस्यको जिम्मेवारी दिइएको छ । 

शपथ भएकै दिन उनलाई यस्तो जिम्मेवारी दिइएको हो । बोर्डका सदस्य विनोद कुमार भट्टराईको संयोजकत्वमा ३ सदस्य छानबिन समिति गठन गरेको छ । जसको अर्का सदस्यमा बोर्डकै  सदस्य आनन्द राज शर्मा वाग्ले छन् । 


प्रतिक्रिया दिनुहोस्