सिटिजन्सको म्युचुअल फण्डमा आवेदन खुल्यो - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

सिटिजन्सको म्युचुअल फण्डमा आवेदन खुल्यो



काठमाडौं । सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सिटिजन्स बैंक ईन्टरनेसनल लिमिटेड कोष प्रवद्र्धक तथा सिटिजन्स क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको रकम १ अर्ब रुपैयाँ बराबरको चौथो बन्दमुखी योजना सिटिजन्स सन्तुलित योजनाको आवेदन खुलेको छ ।

नेपाल धितोपत्र बोर्डबाट आज शुक्रवार आवेदनका लागि अुनमति पाएको छ । यसमा पुस ८ गतेसम्म छिटोमा आवेदन दिन पाईने छ ।

म्युचुअल फण्डमा लगानी गर्दा बचतमा भन्दा बढी प्रतिफल प्राप्त गर्न सकिने सम्भावना भएकाले गर्दा यसमा लगानी गर्नुपर्ने सिटिजन क्यापिटलका कम्पनी सचिव रमेश लुईटेलले बताएका छन् ।

‘यस योजनाले शेयर तथा डिबेन्चरहरुमा लगानी गरी नाफा र जोखिमको सही सन्तुलन राख्नेछ’ उनले भनेका छन्, ‘हाल नेप्से इन्डेक्स तल्लो तहमा भएकाले यस योजनाले लगानीबाट राम्रो प्रतिफल आर्जन गर्न सक्ने सम्भावना बढी हुन्छ ।’
राम्रो वार्षिक लाभांश दिन सफल योजना व्यवस्थापकले यस योजना संचालन गर्ने भएकोले पनी सक्दो लगानी गर्न उचित हुने क्यापिटलको धारणा छ,।

फण्ड प्रति इकाई १० रुपैयाँका दरले न्यूनतम १०० र अधिकतम १ लाख इकाई (अर्थात न्यूनतम रकम १ हजार र अधिकतम रकम दश करोड रुपैयाँ सम्म) खरिद आवेदन दिन सकिने क्यापिटलले जनाएको छ ।

योजनाको वित्तीय प्रक्षेपण अनसुार औषत वार्षिक प्रतिफल १४ प्रतिशत हुने अनुमान गरिएको छ । सिटिजन्स क्यापिटलले
इच्छुक व्यक्तिलाई १,००० कित्ता देखी २ लाख कित्ता सम्म आवेदन दिन सुझाव दिएको छ भन्ने संस्थाहरुलाई पनी सक्दो बढी कित्ताको लागी आवेदन दिन सुझाव दिएको छ ।

सिटिजन्स क्यापिटल लिमिटेडले वित्तीय परामर्श, लगानी व्यवस्थापन र म्युचुअल फण्डमा निरन्तर नयाँ आयामहरु थप्दै ग्राहकहरुलाई पुर्ण वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ । सिटिजन्स क्यापिटल लिमिटेडमा अध्यक्ष राजेन्द्र लाल श्रेष्ठ तथा सिइओ सबिर बादे श्रेष्ठ रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्