७ श्रावण २०८३, बिहिबार

अमेरिकाबाट एकैदिन ७५ नेपाली डिपाेर्ट, ट्रम्प निर्वाचित भएयता ४३९ नेपाली घर फर्किए



काठमाडाैं । अवैध रुपमा अमेरिका बस्दै आएका ७५ जना नेपालीलाई एकैदिन डिपोर्ट भएका छन् ।

अमेरिकाले बिहीबार दिउँसो ३ महिला र ७२ जना पुरुष गरी ७५ नेपालीलाई चार्टर्ड विमानमार्फत काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल फिर्ता पठाएको हो ।

डिपोर्ट हुनेमा अधिकांश अवैध बाटो हुँदै अमेरिका जाने, भिजिट भिसामा जाने तथा पीआर कार्ड नवीकरण नभएका व्यवक्तिहरु समेवेश छन् । यस्तै कोही ७ महिना देखि २ वर्षसम्म जेल बसेकाहरू पनि छन् भने पीआर कार्ड रिन्यु नभएका व्यक्ति पनि फिर्ता भएका छन् ।

यसरी डिपोर्ट भएकाहरूलाई अध्यागमन कार्यलयले बुझ्ने र थप अनुसन्धानका लागि ब्युरोमा बुझाउने गरेको छ ।

नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोको तथ्यांक अनुसार पछिल्लो ७ वर्षमा ६६६ जना नेपाली अमेरिकाबाट डिपोर्ट भइसकेका छन् भने ट्रम्प निर्वाचित भएयता मात्रै ३० महिलासहित ४३९ जना नेपाली डिपोर्ट भइसकेका छन् ।


प्रतिक्रिया दिनुहोस्