यातायात कार्यालयलाई दिइएको अन्तरप्रदेशीय रुट परमिट अधिकार खारेज
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था विभागले विभिन्न यातायात व्यवस्था कार्यालयहरुलाई दिएको अन्तर प्रदेश रुट इजाजत अधिकार खारेज गरेको छ ।
प्रदेश कार्यालयहरुबाट आफूखुशी अन्तर प्रदेश सवारी रुट इजाजतसमेत जारी हुने गरेको भन्दै विभागले उक्त अधिकार खारेज गरेको हो ।
यस्तै विभागले आफुखुशी अन्तर प्रदेश रुट इजाजत जारी नगर्न नगाराउन र विभाग मातहतका सवारी परिक्षण कार्यालयहरुबाट मात्र सो सम्बन्धी आवस्यक कार्य गर्न गराउन निर्देशन दिइएको छ ।
अन्तर प्रदेश सवारी रुट इजाजत जारी गर्ने क्षेत्राधिकार संघीय सरकारको हुने भएकाले सो अधिकारलाई कार्यान्वयन गर्न गराउन साविकमा यस विभागबाट विभिन्न मितिमा निर्णय गरी अधिकार प्रत्यायोजन गरिएको थियो ।














