७ श्रावण २०८३, बिहिबार

ग्लोकल आफ्टर स्कूलको ’स्किल वीक २०२६’ घोषणा : सीप, सिर्जनशीलता र युवा सशक्तीकरणको उत्सव



काठमाडौँ । ग्लोकल आफ्ट स्कूलले सीप विकास, सिर्जनशीलता र युवा सशक्तीकरणलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ साताव्यापी कार्यक्रम ’स्किल वीक २०२६’ को घोषणा गरेको छ । आगामी जनवरी ११ देखि १९, २०२६ सम्म आयोजना हुने यस कार्यक्रममा विभिन्न कार्यशालाहरू, प्रयोगात्मक सिकाइ, प्रतियोगिताहरू, प्रदर्शनी र युवा केन्द्रित कार्यक्रमहरू सञ्चालन गरिनेछन् । कार्यक्रमको मुख्य आकर्षण जनवरी १६ मा हुने ’फेस्ट डे’ र जनवरी १९ मा हुने ’समापन समारोह’ रहनेछ ।

ग्लोकल आफ्ट स्कूलको प्रख्यात सीप–आधारित पारिस्थितिक प्रणालीबाट प्रेरित यो कार्यक्रम ’घटना, सिर्जनशीलता, सीप, प्रेरणा र अन्तर्दृष्टिले भरिएको एक साता’ हो । यसको मुख्य उद्देश्य युवाहरूलाई शिक्षासँगै मनोरञ्जनको मिश्रण गरी आवश्यक जीवन उपयोगी र व्यावसायिक सीपहरू सिक्न र विकास गर्न प्रोत्साहित गर्नु हो ।

आफैले आफैबसेर गरिने अभ्यास देखि अन्तक्र्रियात्मक सत्रहरूसम्म, स्किल वीकले युवा, शिक्षक, पेशेवर र संस्थाहरूलाई सीपको महत्त्व मनाउन एउटै साझा मञ्च प्रदान गर्दछ ।

जनवरी ११–१५: नेतृत्व, प्रविधि, सिर्जनशीलता, सञ्चार, र उद्यमशीलता जस्ता विभिन्न विधामा कार्यशाला, मास्टरक्लास, प्रतियोगिता र अन्तक्र्रियात्मक सिकाइ सत्रहरू रहने स्कुलको भनाई छ ।

जनवरी १६ – फेस्ट डे : स्किल वीकको मुख्य आकर्षण! यस दिन सीप प्रदर्शनी, प्रत्यक्ष प्रदर्शन, साङ्गीतिक प्रस्तुति, नेटवर्किङ स्पेस, युवा प्रतिभा प्रदर्शन, खेल र विभिन्न स्टलहरू रहनेछन् ।

यसै दिन ’ऋभ्इ ग्लउगिननभम’ फोरम पनि आयोजना गरिनेछ, जहाँ ’आज र भोलिको संगम’ (त्यमबथ :भभतक त्यmयचचयध) भन्ने नाराका साथ उद्यमी, व्यवसायी र विद्यार्थीहरूबीच समसामयिक व्यावसायिक चुनौती र भविष्यका सम्भावनाबारे छलफल हुनेछ ।

जनवरी १७–१८: उद्योग र शिक्षा क्षेत्रबीचको अन्तक्र्रिया र ’नेशनल बिजनेस केस स्टडी’ प्रतियोगिताको फाइनल हुने स्कुलको भनाई छ । जनवरी १९ – समापन समारोह: साताभरिका उपलब्धि र सिकाइको समीक्षा गर्दै भविष्यका मार्गचित्रबारे चर्चा गरिनेछ। यसै अवसरमा ’स्किल हिरो अवाड्र्स’ प्रदान गरिनेछ, जसले कला र संस्कृति, पर्यटन र आतिथ्य, विज्ञान र प्रविधि, र उद्यमशीलता क्षेत्रमा असाधारण योगदान पुर्‍याउने व्यक्तिहरूलाई सम्मानित गर्नेछ ।

स्किल वीक २०२६ ले परम्परागत शिक्षा र व्यावहारिक सीपबीचको खाडललाई कम गर्ने लक्ष्य राखेको छ । ग्लोकल आफ्ट स्कूलका अध्यक्ष आशिष ठाकुरका अनुसार, “स्किल वीक एउटा कार्यक्रम मात्र नभई एक अभियान हो। हाम्रो लक्ष्य युवाहरूले सिक्ने, प्रयोग गर्ने, र आफ्नो क्षमतालाई विश्वसामु उजागर गर्ने ठाउँ सिर्जना गर्नु हो ।“

ग्लोकल आफ्ट स्कूल एक अग्रणी सिकाइ प्लेटफर्म हो जसले सीपमा आधारित शिक्षा, तालिम र प्रयोगात्मक सिकाइमार्फत युवाहरूको क्षमता अभिवृद्धि गर्न काम गरिरहेको छ ।

यस वर्षको ’स्किल वीक’ एम्बार्क कलेज द्वारा सञ्चालित रहेको छ । कार्यक्रमका रणनीतिक साझेदारहरूमा भारतीय दूतावास, युरोपेली संघ, र अष्ट्रेलियाली सरकार रहेका छन् । अन्य साझेदारहरूमा होन्डा, इन्स्योर, बायोस्फेयर ग्लोबल, मेरोजब, अग्रिमा एकेडेमी, नेपाल एसबिआई बैंक (बैंकिङ पार्टनर), वल्र्डलिंक (इन्टरनेट पार्टनर), यती एयरलाइन्स (एयरलाइन पार्टनर), द काठमाडौं पोस्ट र प्रिज्मा एड्भरटाइजिङ (मिडिया पार्टनर) रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्