७ श्रावण २०८३, बिहिबार

शेयर कर्नरिङ गरेको आरोपमा शेयर खेलाडी दीपेन्द्र अग्रवाल पक्राउ



काठमाडौं । शेयर बजारका खेलाडीका रूपमा चिनिएको शेयर खेलाडी दीपेन्द्र अग्रवाल पक्राउ परेका छन् । उनलाई शेयर कर्नरिङ गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको हो । 

सीआईबीले अग्रवाललाई सेयर मूल्य कृत्रिम रूपमा बढाएको र झुटो कारोबार र मूल्य प्रभावित कसुरमा अग्रवाल पक्राउ परेका हुन् । 

नेपाल धितोपत्र बोर्डले अनुसन्धान गरेर कारबाही गर्ने प्रक्रिया अघि बढाएको र सोही अनुसार उनी पक्राउ परेको सीआईबीको भनाई छ । 

अग्रवाललाई कम कित्ता भएको शेयर खेलाएर उच्च मूल्य बनाउने गरेको आरोप लाग्दै आएको छ । उनीले विशेष गरी फाइनास र थोरै कित्ता भएका शेयरहरू खेलाउने गरेका छन् । 


प्रतिक्रिया दिनुहोस्