सातामा १९ अर्बको कारोबार साढे ७ अंकले बढ्यो नेप्से, कुन दिन कस्तो थियो बजार ?
काठमाडौं । यो साता अर्थात् मंसिर २८ गते देखि पुस ३ गतेसम्मका लागि शेयर बजार सामान्यै हरेको देखियो । सातामा पुरै ५ दिन शेयर कारोबार हुँदा पहिलो र अन्तिम बजार घटेको थियो भने बाँकी ३ दिन बजार बढेकोनै थियो ।
तर, बजार त्यस्तो उत्साह भने देखिएन । अघिल्लो साता २६०७.३७ विन्दुमा रहेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) यो सताको बिहीबारसम्म आइपुग्दा ७.६६ अंकले बढेर २६१५ विन्दुमा आयो ।
यो साता परिसूचक उच्चतम २६३२.८१ विन्दु र न्यूनतम २५८७.२३ विन्दुसम्म पुग्यो । यो सातालाई हेर्दा दुई दिन न्यूनतम २५८७ विन्दु नेप्से पुगे पनि त्यो भन्दा तल भने झर्न मानेको देखिएन ।
यो साता बजार सामान्यै रहेको देखि सँगै कारोबार रकम पनि सामान्यै देखियो । पुर ५ दिनको अवधिमा १९ अर्ब ३७ करोड ५१ लाख ३४ हजार रुपैयाँ बराबरको कारोबार हुँदा दिनै औसतमा ३ अर्ब ८७ करोड ५० लाख २६ हजार रुपैयाँ बराबरको कारोबार भयो ।
पुरै सातामा ४ करोड ६७ लाख ३२ हजार ६६३ कित्ता शेयर कारोबार भएको थियो । दैनिक औसतमा हेर्दा भने एक करोड पनि कित्ता पनि कारोबार भएको छैन । औसतमा दैनिक ९३ लाख ४४ हजार ७३३ कित्ता शेयर कारोबार भयो ।
पुरै सात दिनको अवधिमा २ लाख ९४ हजार २४ पटक शेयर किनबेच भएकोमा दैनिक औसतमा ५८ हजार ८०५ पटक शेयर किनबेच भएको छ ।
दैनिक औसतमा ३२९ वटा कम्पनीको शेयर कारोबार भएको थियो ।
कुन दिन कस्तो थियो बजार ?
साताको पहिलो दिन नेप्से साढे १२ अंकले घटेर सुरु भएको थियो । उक्त दिन नेप्से ०.४७ प्रतिशतले घटेर परिसूचक २५९४.८७ विन्दुमा पुगेको थियो । आइतबार नेप्से परिसूचक उच्चतम २६१४.३१ र न्यूनतम २५८७.८८ विन्दुमा पुगेको थियो ।
आइतबार नेप्से घटे पनि कारोबार रकम भने वृद्धि देखिएको थियो । उक्त दिन दिनभरमा ४ अर्ब ७४ लाख ५छ हजार रुपैयाँ बराबरको १ करोड १२ लाख ७२ हजार १६८ कित्ता शेयर कारोबार भएको थियो । आइतबार दिनभरमा ३३० वटा कम्पनी कारोबारमा आउँदा ६० हजार ६९९ पटक शेयर किनबेच भएको थियो ।
आइतबार घटेको बजारमा सोमबार भने बढेर बन्द भएको थियो । दिनभरमा साताको सबैभन्दा न्यूनतम विन्दुमा बजार पुगेर फर्किएको थियो । उक्त दिन परिसूचक ५ दिनकै न्यूनतम २५८७.२३ विन्दुमा पुगेको थियो ।
सोमबार नेप्से ६.७४ अंकले बढ्दा परिसूचक उच्चतम २६०२.८९ विन्दुमा पुगेको थियो । उक्त दिन नेप्से ०.२५ प्रतिशतले बढ्दा परिसूचक २६०२.६१ विन्दुमा बन्द भएको थियो ।
सोमबार बजार बढे पनि कारोबारमा भने उत्साह देखिएन । सोमबार ३ अर्ब ४४ करोड १९ लाख रुपैयाँ बराबरको ७७ लाख ५७ हजार ६२५ कित्ता शेयर कारोबार भएको थियो । उक्त दिन ३२९ वटा कम्पनीको शेयर १२२ पटक किनबेच भएको थियो ।
शेयर बजारको बढ्ने क्रम मंगलबार पनि कायमै रहेको थियो । पुस महिनालाई शेयर बजारले हरियो झन्डा देखाएरै स्वागत गरेको थियो । मंगलबार नेप्से १८.३७ अंकले बढेर बन्द भएको थियो । उक्त दिन नेप्से ०.७० प्रतिशतले बढ्दा परिसूचक २६१९.९९ विन्दुमा पुगेको थियो ।
मंगलबार न्यूनतम २००.८६ विन्दु र उच्चतम २६१९.९९ विन्दुसम्म नेप्से परिसूचक पुगेको थियो । नेप्से १८ अंकले बढ्दा समेत कारोबार रकममा भने रौनक देखिएन ।
मंगलबार दिनभरमा ३ अर्ब २९ करोड ४२ लाख २७ हजार रुपैयाँ बराबरको ७८ लाख ४ हजार ४५ कित्ता शेयर कारोबार भएको थियो । उक्त दिन ३२५ वटा कम्पनीको शेयर ५५ हजार ७८ पटक किनबेच भएको थियो ।
शेयर बजारको उकालो यात्रा बुधवार पनि कायमै रहेको थियो । बुधवार नेप्से ५.७० अंकले बढेर परिसूचक २६२५.६९ विन्दुमा पुगेको थियो । उक्त दिन नेप्से ०.२१ प्रतिशतले बढ्दा नेप्सेमा ११ अंकको उतारचढाव आएको थियो ।
बुधवार नेप्से परिसूचक उच्चतम २६३२.८१ विन्दु र न्यूनतम २६१९.१४ विन्दु सम्म पुगेको थियो ।
लगातार तेस्रो दिन बजार बढेपछि भने कारोबारमा केही सुधार आएको थियो । बुधवार ४ अर्ब ५ करोड ३७ लाख २० हजार रुपैयाँ बराबरको ८५ लाख ९८ हजार ४२४ कित्ता शेयर कारोबार भएको थियो । उक्त दिन ३३२ वटा कम्पनी कारोबारमा आउँदा ५८ हजार ९६ पटक शेयर किनबेच भएको थियो ।
साताको अन्तिम दिन भने पुन: शेयर बजार घटेरनै बन्द भएको थियो । बिहीबार नेप्से १०.६६ अंकले घटेर बन्द भएको थियो । उक्त दिन नेप्से ०.४० प्रतिशतले घट्दा परिसूचक २६१५ विन्दुमा आएको थियो ।
उक्त दिन नेप्सेमा २९ अंकको उतारचढाव देखिएको थियो । बिहीबार नेप्से परिसूचक उच्चतम २६३१ विन्दु र न्यूनतम २६०८ विन्दुसम्म पुगेको थियो ।
बिहीबार नेप्सेमा गिरावट आए पनि कारोबार रकममा भने केही सुधार देखिएको थियो । बिहीबार ४ अर्ब ५७ करोड ७८ लाख २७ हजार रुपैयाँ बराबरको १ करोड १२ लाख ९१ हजार ४०१ कित्ता शेयर कारोबार भएको थियो । उक्त दिन ३२९ वटा कम्पनी कारोबार भएकोमा ६४ हजार २९ पटक शेयर किनबेच भएको थियो ।













