सूर्यज्योति लाइफकाे लाभांश घोषणा, नगद कति ? - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

सूर्यज्योति लाइफकाे लाभांश घोषणा, नगद कति ?



काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ।

कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ काे वितरणयोग्य मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई १३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेकाे हाे ।

जसअनुसार कम्पनीले हाल कायम चुक्तापुँजी ५ अर्ब १ करोड १९ लाख ४७ हजार ७९७.४६ रुपैयाँको कुल १३ प्रतिशतले हुन आउने ६५ करोड १५ लाख ५३ हजार २१३.६७ रुपैयाँ नगद लाभांश (करसहित) वितरण गर्ने छ।

यो लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्