ग्लोबल आइएमई लघुवित्तकाे लाभांश घाेषणा
काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेका छन्।
संस्थाको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ काे वितरणयोग्य मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई ५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।
जसअनुसार कम्पनीले हाल कायम चुक्तापुँजी ६१ करोड ८९ लाख ४५ रुपैयाँको कुल ५ प्रतिशत मध्ये ४.७५ प्रतिशतले हुन आउने २ करोड ९३ लाख ९७ हजार ७५२.१४ रुपैयाँबराबरको बोनस शेयर र कर प्रयोजनार्थ ०.२५ प्रतिशतले हुन आउने १५ लाख ४७ हजार २५०.११ रुपैयाँबराबरको नगद लाभांश बाड्ने छ।
यो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।













