महुली लघुवित्त ५ प्रतिशत लाभांश दिने - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

महुली लघुवित्त ५ प्रतिशत लाभांश दिने



काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेकाे छ । संस्थाले गत आर्थिक वर्ष २०८१/८२ काे वितरणयोग्य मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई ५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।

संस्थाको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी ३६ करोड ९९ लाख २३ हजार ५००.२० रुपैयाँको कुल ५ प्रतिशत लाभांश बाड्ने निर्णय गरेकाे हाे ।

जसमा ४.७२ प्रतिशतले हुन आउने १ करोड ७५ लाख ७१ हजार ३६६.२६ रुपैयाँबराबरको बोनस शेयर र कर प्रयोजनार्थ ०.२५ प्रतिशतले हुन आउने ९ लाख २४ हजार ८०८.७५ रुपैयाँबराबरको नगद लाभांश छन्।

यो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्