स्वरोजगार लघुवित्तद्वारा १५ प्रतिशत लाभांश घाेषणा - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

स्वरोजगार लघुवित्तद्वारा १५ प्रतिशत लाभांश घाेषणा



काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेका छन्।

संस्थाको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८१/८२ काे वितरणयोग्य मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई १५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हाे ।

कम्पनीले हाल कायम चुक्तापुँजी ७८ करोड ३९ लाख २४ हजार ४०३ रुपैयाँको कुल १५ प्रतिशत लाभांश वितरण गर्ने छ ।जसमा १४.२५ प्रतिशतले हुन आउने ११ करोड १७ लाख ९ हजार २२८ रुपैयाँबराबरको बोनस शेयर र कर प्रयोजनार्थ ०.७५ प्रतिशतले हुन आउने ५८ लाख ७९ हजार ४३३.०२ रुपैयाँबराबरको नगद लाभांश छन्।

यो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्