मिथिला लघुवित्तकाे लाभांश घाेषणा, बाेनस र नगद कति ?
काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेकाे छ ।
संस्थाको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ काे मुनाफाबाट १५ प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरेकाे हाे ।
कम्पानीले आफ्ना शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजीको कुल १५ प्रतिशत, जसमा १४.२५ प्रतिशतले हुन आउने ३ करोड १९ लाख १० हजार ४७३.६२ रुपैयाँबराबरको बोनस शेयर र कर प्रयोजनार्थ ०.७५ प्रतिशतले हुन आउने १६ लाख ७९ हजार ४९८.६१ रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने भएकाे हाे ।
यो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।













