शिखर इन्स्योरेन्सले बोलायो साधारण सभा  - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

शिखर इन्स्योरेन्सले बोलायो साधारण सभा 



काठमाडौं । शिखर इन्स्योरेन्स लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको शुक्रवार ९ बजे बसेको ३६७ औँ सञ्चालक समितिको बैठकले २१ औँ वार्षिक साधारण सभा पुस २९ गते गर्ने निर्णय गरेको हो । 

कम्पनीले सभा थापाथली काठमाडौंमा भएको केन्द्रीय कार्यालयमा बिहान ११ बजेदेखि गर्ने भएको छ । कम्पनीले पुस १४ गते देखि सभा नसकिन्दासम्म बुक क्लोको मिति तोकेको छ । 

कम्पनीले चुक्ता पुँजीको ६ प्रतिशत बोनस शेयर पारित गर्ने छ भने ०.३१५८ प्रतिशत नगद लाभांश कर प्रयोजका लागि दिने प्रस्ताव रहेको छ । 


प्रतिक्रिया दिनुहोस्