नेप्सेमा ४ कम्पनीको शेयरमूल्य समायोजन, कुनको कति ? - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

नेप्सेमा ४ कम्पनीको शेयरमूल्य समायोजन, कुनको कति ?



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज चार कम्पनीको शेयरमूल्य समायोजन भएको छ। नेप्सेले महालक्ष्मी विकास बैंक, सिंगटी हाइड्रो इनर्जी, नेपाल हाइड्रो डेभलोपर्स र नेपाल लाइफ इन्स्योरेन्सको शेयरमूल्य समायोजन गरेको हो।

नेप्सेले यस दिन महालक्ष्मी विकास बैंक, सिंगटी हाइड्रो र नेपाल लाइफ इन्स्योरेन्सको ५–५ प्रतिशत बोनस शेयर समायोजन गरेको छ भने नेपाल हाइड्रो डेभलोपर्सको ९ प्रतिशत बोनस शेयर समायोजन गरेको हो।

समायोजनपश्चात महालक्ष्मीको शेयरमूल्य ३६५ रुपैयाँ ७१ पैसा कायम भएको छ भने नेपाल लाइफको ७७८ रुपैयाँ ५७ पैसा, सिंगटीको २७१ रुपैयाँ ४३ पैसा र नेपाल हाइड्रोको ६६९ रुपैयाँ ६३ पैसा कायम भएको छ।

आइतबार दोस्रो बजारमा महालक्ष्मीको शेयर प्रतिकित्ता ३८४ रुपैयाँ, नेपाल लाइफको ८१७ रुपैयाँ ५० पैसा, सिंगटीको २८५ रुपैयाँ र नेपाल हाइड्रोको ७२९ रुपैयाँ ९० पैसामा अन्तिम कारोबार भएको थियो।

यही समायोजित मूल्यलाई आधार मानेर आज दोस्रो बजारमा यी कम्पनीहरुको शेयर कारोबार खुल्नेछ।


प्रतिक्रिया दिनुहोस्