सुनको भाउ ३४ सय रुपैयाँ बढ्यो, चाँदीले राख्यो नयाँ रेकर्ड   - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

सुनको भाउ ३४ सय रुपैयाँ बढ्यो, चाँदीले राख्यो नयाँ रेकर्ड  



काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य उच्च दरले वृद्धि भएको छ । नेपाली बजारमा आज सुन प्रतितोला ३४ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाकारी दिएको छ । 

महासंघका अनुसार आइतबार प्रतितोला २ लाख ५८ हजार ३०० रुपैयाँमा कारोबार भएको सुन आज बढेर २ लाख ६१ हजार ७०० रुपैयाँमा कारोबार भएको छ । 

महासंघका अनुसार चाँदीको मूल्य प्रतितोला १३० रुपैयाँले बढेको छ । आइतबार ४ हजार १०५ रुपैयाँमा कारोबार भएको चाँदी आज बढेर ४ हजार २३५ रुपैयाँ पुगेको छ । 


प्रतिक्रिया दिनुहोस्